यही शुक्रबार अर्थात् जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने सैराज खाती र मनिषा सुनारको स्वर छ ।
प्रेमिल भावको उक्त गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराई चित्रित छन् । उनीहरुलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । माइकल चन्दको कोरियोग्राफी रहेको भिडियोमा राजु थापाको डीओपी छ ।
दीवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा राज र सनिशासहित राजेश हमाल, नीति शाह, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतको अभिनय छ ।
नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा तथा राजु तामाङको द्वन्द्व निर्देशन छ । प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा निर्माण भएको फिल्मको देशभरका हलमा बुकिङ खुलिसकेको छ ।