मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चन्द्रको निर्देशनमा ‘आ बाट आमा’ बन्ने, भदौबाट छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/05/19

chandra panta

 

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यु गरेका द्वन्द्व निर्देशक चन्द्र पन्तले आफ्नो आगामी फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन् । उनले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् । साथै, आगामी फागुन १५ गतेलाई फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।  

सार्वजनिक थिम पोस्टरको पृष्ठभूमिमा एक बच्चाले आफ्नी आमाप्रति प्रेम दर्शाएको देख्न सकिन्छ । रोइरहेकी आमाको आँसु पुछ्ने प्रयत्न बच्चाले गरिरहेको छ । यसले आमाप्रति सन्तानले गर्ने प्रेममा आधारित भएर फिल्म बन्न लागेको बुझाउँछ । त्यसो त नामबाट नै फिल्मको कथा आमामा केन्द्रित रहने प्रष्ट हुन्छ ।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बन्न लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ । फिल्ममा को-को कलाकार हुनेछन् भन्नेबारे निर्माण पक्षले जानकारी गराएको छैन । केही दिनमा कलाकार र प्राविधिकको नाम सार्वजनिक गरिने निर्देशक पन्तले बताए । यसमा उनी स्वयंको कथा तथा पटकथा रहेको छ भने संवाद अभिमन्यु निरवीले लेखेका हुन् ।