Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ दिन लगाएर खिचियो ‘मोहर’ को शीर्ष गीत, रोमान्टिक देखिए पल र नीति

फिल्मीखबर, काठमाडौं, 2025/05/18

साउनको २३ गतेलाई प्रदर्शन तोकेको फिल्म ‘मोहर’ को शीर्ष गीत ५ दिन लगाएर छायांकन गरिएको छ । फिल्मका शीर्ष कलाकार अभिनेता पल शाह र नीति शाह फिचर्ड हुने गीत चितवन र नवलपरासीमा ५ दिन लगाएर खिचिएको हो ।

निर्माणपक्षले गीत छायांकनका केही तस्बिर सार्वजनिक गरेको छ, जहाँ पल र नीति रोमान्टिक देखिएका छन् । 

‘चाहिँदैन मोहर’ बोलको यो गीतमा शरद हुमागाईं र विशाखा शाहीको स्वर सुन्न पाइनेछ । सुरेश अधिकारीको संगीत रहेको यस गीतको शब्द प्रमोद ढुंगानाले लेखेका हुन् । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । थारू संस्कृतिलाई समेत समावेश गरिएको यो गीतको भिडियो केही हप्तापछि सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । 

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । फिल्मको निर्माता चुम्बन जंग शाही हुन् ।

फिल्ममा पल र नीतिसहित बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्मा लगायत कलाकारको अभिनय छ ।

दिपेन बस्न्यातको छायांकन रहेको फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।