मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परेश रावलले गरे ‘हेरा फेरी ३’ नगर्ने निर्णय

एजेन्सी, काठमाडौं, 2025/05/17

SUPER EXCLUSIVE: Paresh Rawal QUITS Hera Pheri 3

 

बलिउडको ‘कल्ट क्लासिक’ फिल्ममध्येमा पर्छ, ‘हेरा फेरी’ । सन् २००० मा रिलिज भएको यो फिल्म व्यावसायिक रुपमा सफल मात्र भएन, कलाकारहरुले निभाएको भूमिका पनि उतिक्कै रुचाइयो । त्यसमध्ये एक हो, बाबू राव गणपत राय आप्टे । यो पात्रको भूमिकामा अभिनेता परेश रावलले उम्दा अभिनय गरेका थिए । यसको सिक्वेल फिल्ममा पनि उनको अभिनय सम्झनलायक थियो ।

अब ‘हेरा फेरी’को तेस्रो श्रृंखला निर्माण हुँदैछ । तर, यसमा भने दर्शकले बाबू रावलाई देख्न पाउने छैनन् । किनकि, ‘हेरा फेरी ३’मा परेशले अभिनय नगर्ने निर्णय गरेका छन् । मेकरसँग सृजनात्मक मतभेदपछि उनी फिल्मबाट अलग भएका हुन् । यसको पृष्टि उनी स्वयंले गरेका छन् । उनले अनलाइन पोर्टल बलिउड हङ्गामासँग कुराकानी गर्दै भनेका छन्, ‘अब म ‘हेरा फेरी ३’मा काम गर्दिनँ ।’

उनले ‘हेरा फेरी’को तेस्रो श्रृंखलाबाट अलग हुने निर्णय गरे पनि पछि कुनै चमत्कार भएर उनी पुनः जोडिन सक्ने विश्लेषण भैरहेको छ । किनकि, यो फिल्मको सम्बन्धमा यसअघि पनि ‘ट्विस्ट एन्ड टर्न’ देखिएको थियो । सन् २०२२ मा अभिनेता अक्षय कुमारले ‘हेरा फेरी ३’मा काम नगर्ने निर्णय लिएका थिए । तर, पछि फेरि जोडिए । यसैले परेश पनि फिल्ममा फर्किन सक्ने अपेक्षा गरिएको छ ।

प्रियदर्शनको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन अझै अन्योल छ । परेश फिल्मबाट अलग भएकाले छायांकन तत्काल सुरु हुने सम्भावना पनि देखिँदैन । यद्यपि, फिल्मको मुहूर्त सट भने भइसकेको छ । ‘हेरा फेरी ३’मा अक्षय कुमार र सुनिल सेट्टी पुरानै पात्र राजु र श्यामको भूमिकामा देखिँदैछन् । यसको अघिल्ला दुई श्रृंखलामा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए ।