मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रा’ श्रृंखलाका निर्माताले ‘लालीबजार’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2025/05/16

Minimal poster - Title announcement - LALIBAZAR

 

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’को निर्माता कम्पनी षट्कोण आर्ट्सले नयाँ फिल्मको रुपमा ‘लालीबजार’ निर्माण गर्ने भएको छ । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्मलाई यम थापाले निर्देशन गर्नेछन् । यसअघि ‘राज्जा रानी’ (२०७५)को निर्देशन गरेका उनको यो दोस्रो निर्देशकीय फिल्म हुनेछ । यसमा यम स्वयंको स्क्रिप्ट लेखन छ ।

षट्कोण आर्ट्सको फिल्ममा पहिलो पटक बाहिरी निर्देशकको आगमन भएको हो । यो कम्पनीको अघिल्ला चारवटा फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका थिए । ‘लालीबजार’मा भने उनी कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको निर्माण म्याक्स दिपेश खत्री र रवीन्द्र सिंह बानियाँले गर्नेछन् । दशैंपछि छायांकन गरिने फिल्मका लागि कलाकार छनोट प्रक्रियामा रहेको जनाइएको छ ।

सार्वजनिक थिम पोस्टरमा कलाकारलाई नराखी कथाको भाव बुझाउन खोजिएको छ । पोस्टरमा शीर्षकको अक्षर विन्यासमा एक प्रकारको खस्रोपन र विशेष बनावट देखिन्छ, जहाँ रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको छ । यसले फिल्मको कथामा कुनै द्वन्द्व लुकेको सङ्केत गर्छ भने चुरालाई फूलको बुट्टासहित गोलो आकारमा राखिएको स्केचले आशा र स्वतन्त्रतालाई बुझाउँछ ।

निर्माता बानियाँले स्क्रिप्ट खोजीको क्रममा निर्देशक थापासँग सहकार्य भएको बताए । उनले भने, ‘राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भन्ने उद्देश्यले हामीले केही लेखक र निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौं । सोही क्रममा यमजीको स्क्रिप्टले आकर्षित गर्‍यो । उहाँले स्क्रिप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो । तर, हामीले नै फिल्म निर्देशनका लागि आग्रह गर्‍यौं ।’