मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाहको ८ महिनामै अरुणिमा र युवराजको डिभोर्स

फिल्मीखबर, काठमाडौं, 2025/05/16

Arunima Lamsal

 

गत भदौमा युवराज श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्सालको अन्ततः आधिकारिक रूपमै सम्बन्धविच्छेद भएको छ । उनले गत चैतमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत् अदालतमा डिभोर्सको मुद्धा हालेकी थिइन् । गत आइतबार युवराजले डिभोर्सको फाइलमा हस्ताक्षर गरेपछि उनीहरू कानुनी रूपमा अलग भएका हुन् । यसको पृष्टि श्रेष्ठ स्वयंले गरेका छन् ।

हालै टिकटक लाइभमा आएका उनले डिभोर्सबारे भनेका छन्, ‘मैले बैशाख २८ गते दिउँसो ४ः१० बजे डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ । मेरो छुट्टिनु थियो छट्टियो, सक्कियो । बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ ।’ बराहक्षेत्र नगरपालिकास्थित चतराधाम घर भएका युवराज नेपाली कांग्रेसको बराहक्षेत्र नगर कमिटीका उपसभापति हुन् ।

गत चैतमा नेपाल आउँदा अरुणिमाले मिडियासँगको अन्तर्वार्तामा युवराजले आफूसँग ढाँटेर विवाह गरेको आरोप लगाएकी थिइन् । उनले भनेकी थिइन्, ‘उहाँले ढाँट्नुको कारण मसँग विवाह गरेर अमेरिका जानु थियो । विवाह गर्दा उहाँले झुटो बोल्नु भएको छ भन्ने थाहा भएन । पछि धेरै कुरा झूठो बोलेको थाहा पाएँ । बिहेपूर्व उहाँको बारेमा मैले बुझ्ने प्रयास गरिनँ । त्यो नै मेरो गल्ती भयो ।’

अरुणिमाले विवाह भएको ६ महिनामै सामाजिक सञ्जालबाट युवराजसँगका सबै तस्वीरहरू हटाएर सम्बन्ध संकटमा रहेको संकेत गरेकी थिइन् । युवराजअघि उनको विवाह अमित अर्यालसँग भएको थियो । २०७४ सालमा उनीहरु कानुनी रुपमा अलग भएका थिए । दुवैका एक छोरी छिन्, अक्षता । अरुणिमा एक दशकदेखि आमाबुबा र छोरीको साथमा अमेरिकामा बस्दै आइरहेकी छन् ।