मिति : २०८२ ज्येष्ठ १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारत-पाक द्वन्द्वको प्रभावः ‘सनम तेरी कसम २’मा मावरा नहुने

एजेन्सी, काठमाडौं, 2025/05/15

Mawra Hocane spills the beans on 'Sanam Teri Kasam 2' with Harshvardhan  Rane - The Statesman

 

वर्षौंदेखि भारत-पाकिस्तानबीच शीतयुद्धको अवस्था छ । केही हप्ताअघि भारतको कश्मीरको पहलगाममा भएको आक्रमणपछि दुई देशबीच युद्ध छेडिएको थियो । अहिले युद्धविराम भए पनि स्थिति तनावपूर्ण नै छ । युद्धमा होमिँदै गर्दा दुवै देशले एकअर्काको फिल्मदेखि कलाकारसम्मलाई प्रतिबन्ध लगाए । भारतमा त पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्ट नै प्रतिबन्ध गरिएको छ ।

दुई देशबीचको द्वन्द्वका कारण पाकिस्तानी कलाकारलाई लिएर फिल्म बनाउन लागेका भारतीय मेकरहरु समेत पछाडि हटिरहेका छन् । यसैक्रममा, फिल्म ‘सनम तेरी कसम’को दोस्रो श्रृंखला (सिक्वेल)मा अब पास्कितानी अभिनेत्री मावरा होकेनलाई नलिइने भएको छ । उनलाई पुनः दोहोर्‍याउने योजनामा रहेको निर्माण पक्षले दुई देशको द्वन्द्वपछि उनको विकल्प खोज्ने निर्णय गरेको छ ।

फिल्मका निर्देशक तथा लेखकद्वय विनय सप्रू र राधिका रावले भारतीय मिडियासँगको कुराकानीमा मावरा ‘सनम तेरी कसम २’मा नहुने पुष्टि गरे । विनय भन्छन्, ‘जब ‘सनम तेरी कसम’ पहिलो पटक रिलिज भएको थियो, तब खासै चलेन । रि-रिलिजमा भने जबर्जस्त हिट भयो । यतिबेला सिक्वेलको सबैभन्दा ज्यादा पर्खाइ भइरहेको छ । तर, अब सिक्वेलमा मावरा होकेन भने हुने छैनन् ।’

दुई देशबीच युद्ध चलिरहेको समयमा ‘सनम तेरी कसम’का मुख्य अभिनेता हर्षवर्धन राणेले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेअर गर्दै सिक्वेलमा पुरानो कास्ट दोहोरिएमा आफूले काम नगर्ने बताएका थिए । उनको यो संकेत मावरातर्फ थियो । यसपछि हर्षवर्धन र मावराबीच इन्स्टाग्राममा बहस नै छेडियो । हर्षवर्धनको टिप्पणीलाई मावराले ‘पीआर स्टन्ट’ भन्दै जवाफ दिएकी थिइन् ।