मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजयले सकाए ‘जनै हराएको बाहुन’को छायांकन, रिलिज तीजमा

फिल्मीखबर, काठमाडौं, 2025/05/13

janai harayako bahun

 

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सकिएको छ । गत चैत २५ गते काभ्रेबाट सुरु गरिएको छायांकन सोमबार ३५ दिनमा प्याकअप भएको हो । छायांकन सकिएको खुसीयालीमा निर्माण टिमले सोही साँझ ललितपुरको च्यासलस्थित एक ब्याङ्क्वेटमा पार्टी समेत आयोजना गरेको थियो ।

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन भएको फिल्ममा विजयसहित केकी अधिकारी, मिरुना, मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । फिल्मलाई यसपालिको तीजमा रिलिज लक्ष्य राखिएको छ । तर, प्रदर्शन मिति भने तय गरिएको छैन ।

हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्मले गाउँबाट सहर आएका एक व्यक्तिले भोग्नुपरेको अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । फिल्मले आमा-छोराबीचको भावनात्मक कथा भन्ने निर्देशक न्यौपानेले बताए । उनका अनुसार फिल्म सम्बन्धहरुको कथा हो ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । ‘प्रेमगीत ३’का मुख्य अभिनेता मनिष राउत असोसियट निर्देशक रहेको फिल्ममा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत, नवीन गुरुङ डीओपी तथा कृष्ण परियारको सिनेमोटोग्राफी छ ।