मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तोक्मा एप’को ब्रान्ड एम्बासडरमा ‘तक्मे बुढा’

फिल्मीखबर, काठमाडौं, 2025/05/13

wilson bikram rai

 

दर्शकमाझ ‘तक्मे बुढा’को रुपमा परिचित कलाकार विल्सन विक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच कम्पनीले उनलाई आफ्नो ‘ब्रान्ड फेस’को रुपमा सार्वजनिक गर्दै एपमार्फत् सेवा पनि सुरु गरेको छ । यसमा राइड शेयरिङ, टुर गाइड, शपिङ, सेक्युरिटी जस्ता सुविधाहरू छन् ।

ब्रान्ड एम्बासडरमा नियुक्त भएपछि विल्सनले भने, ‘तोक्मा टेक्नोलोजीज एउटा एप मात्र होइन, यो नेपालमा दैनिक जीवनलाई जोड्ने, उत्थान गर्ने र सरल बनाउने एउटा क्रान्ति हो । म यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छु ।’ उनले तोक्मा एपले नेपालको पैसा नेपालमै रहोस्, रोजगारी सिर्जना होस्, देशको अर्थतन्त्र बलियो होस् भन्ने उद्देश्य लिएको बताए ।

त्यस्तै, एपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सागर आङदेम्बेले तोक्मा नामबारे प्रष्ट पार्दै यसमा हिमालको जीवनशैली जोडिएको बताए । उनले भने, ‘तोक्मा हिमालको जीवनशैली जोडिएको नाम हो । पदयात्रीले सहाराको रुपमा प्रयोग गर्ने लठ्ठीलाई तोक्मा भनिन्छ । यो एपले पनि मानिसको जनजीवनलाई सहारा लिने काम गर्छ ।’ उनका अनुसार एपको उद्देश्य रोजगारी सिर्जना गर्नु र पर्यटकलाई सुरक्षित सेवा प्रदान गर्नु रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तोक्मा एपसहित ‘जी कार्ड’ पनि सार्वजनिक गरिएको थियो । तोक्माले एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड ‘जी कार्ड’ ल्याएको हो । यो कार्डले भौतिक रूपमा भिजिटिङ कार्ड बोकेर हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेछ ।

 

wilson bikram rai


कार्यक्रममा विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङले यो एप मानिसको दैनिक जीवनमा एकदमै प्रयोग गर्नुपर्ने खालको रहेको बताए । उनले भने, ‘यी प्रडक्टले नेपालको डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । यसले थुप्रै रोजगारीका अवसर समेत सिर्जना गर्नेछ । यस्ता प्रविधिले दैनिक काममा पनि इफिसेन्सी ल्याउँछ । त्यसैले ‘तोक्मा एप’ सबैले प्रयोग गर्नुहोस् ।’