मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाबु बलामीको निर्देशनमा ‘तुलसीराम’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2025/05/12

tulsiram

 

बाबु साहेब बलामीको निर्देशनमा फिल्म ‘तुलसीराम’ निर्माण हुने भएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर फिल्मको निर्माण घोषणा गरिएको हो । आगामी जेठ अन्तिमबाट फिल्मको छायांकन सुरु हुने निर्देशक बलामीले जानकारी दिए । उनका अनुसार फिल्मलाई काठमाडौं, चित्लाङ्ग र हेटौंडामा खिचिनेछ ।

एलआरआरको ब्यानरबाट निर्माण हुन लागेको फिल्ममा कलाकार भने तय भएका छैनन् । अहिलेका चल्तीका कलाकारलाई लिएर फिल्म बनाउने योजनामा निर्माण पक्ष रहेको छ । तुलसी र राम पात्रको प्रेमकथामा आधारित भएर फिल्म बन्ने जनाइएको छ ।

निर्देशक बलामी स्वयंको निर्माण रहने फिल्मको कथा उनी आफैंले लेखेका हुन् । पटकथा तथा संवाद भने शंकर अधिकारी घायलको हो । देव महर्जन कार्यकारी निर्माता रहेको फिल्ममा उनी स्वयंको द्वन्द्व निर्देशन रहनेछ । विकास चौधरी र शंकर कृष्ण घायलले फिल्मका गीतमा संगीत भर्नेछन् ।