मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नरसिंहाः अवतार’ : ट्रेलर ट्रेन्डिङमा, प्रतिक्रिया उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2025/05/11

Rajesh Hamal

 

अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म ‘नरसिंहाः अवतार’ आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनले ८ वर्षपछि कमब्याक गरेकाले फिल्मलाई लिएर दर्शक उत्साहित देखिन्छन् । त्यो उत्साह हालै सार्वजनिक भएको ट्रेलरमा पनि देख्न सकिन्छ । युट्युब रिलिजको २० मिनेटमै ट्रेन्डिङमा परेको ट्रेलरलाई लोभलाग्दो भ्यूजसहित उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

यतिबेला मुभी सेक्सनतर्फ युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा रहेको ट्रेलरलाई १० लाख बढी भ्यूज मिलिसकेको छ भने चार हजार बढी प्रतिक्रिया अधिकांश सकारात्मक छन् । प्रायःले हमालको कमब्याकको स्वागत गरेका छन् । वर्षौंपछि उनको गर्जनसहितको डाइलग सुन्न पाएकोमा पनि धेरैले खुसी व्यक्त गरेका छन् । ट्रेलरलाई प्राप्त प्रतिक्रिया हेर्दा फिल्म हेर्न दर्शकहरू अधैर्य देखिन्छन् ।

ट्रेलरमा हमाल दुई अलग लुक्ससहित एक्सन अवतारमा प्रस्तुत छन् । उनलाई अन्यायविरुद्ध लड्ने पात्रको रुपमा देखाइएको छ । ट्रेलरको अन्त्यतिर उनले आफ्नो बहुचर्चित ‘हे...’ संवाद बोलेको देख्न सकिन्छ भने उनले आफ्नो डेब्यु फिल्म ‘युगदेखि युगसम्म’को नाम लिएर भ्रष्टहरूविरूद्ध लड्ने उद्घोष गरेको दृश्य पनि छ । उनको श्रीमतीको भूमिकामा अभिनेत्री नीति शाह देखिएकी छिन् ।

दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा हमाल र नीतिसहित राज कटुवाल, सरोज खनाल, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, एभेलिना खड्का, दीपा शाही, अमित गिरी, राजिभ जंग बस्नेत लगायतको अभिनय छ । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने फिल्मका निर्माता हुन् ।