मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीकी आमा नेहाको फिल्ममा डेब्यु

फिल्मीखबर, काठमाडौं, 2025/05/11

Neha RL Shah

 

नेपालमा स्थापित कलाकारका सन्तानले फिल्ममा डेब्यु गर्ने ट्रेन्ड सामान्यजस्तै बनिसकेको छ । तर, सन्तानपछि आमाबुबाले फिल्ममा डेब्यु गरेको भने देखिएको थिएन । पहिलो पटक नेपाली फिल्ममा एक अभिनेत्रीकी आमाले डेब्यु गरेकी छन् । साम्राज्ञी आरएल शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले निर्माणाधीन फिल्म ‘आहुति: द वे अफ चेन्ज’बाट अभिनय करिअर सुरु गरेकी हुन् ।

केही सातादेखि पाँचथरमा छायांकन भइरहेको फिल्मको सेटबाट साम्राज्ञीले आमा नेहाको गेटअपसहितको तस्वीरहरु इन्स्टाग्राममा सेअर गर्दै आइरहेकी छन् । केही दिनअघि नेहा स्वयंले पनि पहेँलो पहिरनमा घोडामाथि चढेको भिडियो फेसबुकमा राखेकी थिइन्, जुन फिल्मका लागि खिचिएको दृश्य थियो । उनको गेटअप हेर्दा उनी गाउँको प्रतिष्ठित महिलाको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

‘आहुति’मा साम्राज्ञीको प्रमुख भूमिका रहेकाले दर्शकले पहिलो पटक आमा-छोरीलाई एकसाथ ठूलो पर्दामा हेर्न पाउनेछन्, जुन आफैंमा रोचक हुनेछ । धेरै कमलाई थाहा हुनसक्छ, साम्राज्ञीकी आमा नेहा गायिका हुन् । उनले करिब चार वर्षअघि गाएको ‘तिमी र म’ बोलको गीतको भिडियोमा साम्राज्ञीले अभिनय गरेकी थिइन् । त्यसमा उनको जोडी पूर्वप्रेमी देवांश राणासँग बाँधिएको थियो ।

भवानी संग्रौलाको निर्देशनमा तयार भइरहेको ‘आहुति’मा साम्राज्ञी र नेहासहित प्रकाश दूतराज, रिहान गिरी लगायतको अभिनय छ । गायक समेत रहेका दूतराजको यो पहिलो फिल्म हो । यसमा उनले साम्राज्ञीको श्रीमानको भूमिकामा अभिनय गरेको जानकारी प्राप्त छ । फिल्ममा उनीहरु ग्रामीण पात्रको भूमिकामा छन् । फिल्मको पहिलो र दोस्रो भागको छायांकन एकैपटक भइरहेको छ ।