मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अपरेशन सिन्दूर’ नाम लिन बलिउड निर्माताबीच हानाथाप

एजेन्सी, काठमाडौं, 2025/05/08

operation sindoor

 

२२ अप्रिलमा जम्मु-काश्मिरको पहलगाममा भएको आक्रमणको बदला लिन मंगलबार राति भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । यतिबेला यो शीर्षकमा फिल्म बनाउन बलिउडका निर्माताहरुबीच हानाथाप चलेको छ । बुधबारसम्म यो नाम लिन आधा दर्जन बढी निर्माताले आवेदन दिइसकेका छन् ।

फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइ (एफडब्लूआइसिइ)का अध्यक्ष बी.एन. तिवारीले ‘अपरेशन सिन्दूर’ नाम दर्ता गर्न १५ जना निर्माता र स्टुडियोले आवेदन दिएको जनाएका छन् । तर, अहिलेसम्म कसैलाई यो नाम दिइएको छैन । भारतमा इन्डियन मोशन पिक्चर प्रोड्यूसर्स एसोसिएसनमार्फत फिल्मको शीर्षक दर्ता गरिन्छ । यो भारतीय फिल्मका निर्माताहरुको छाता संस्था हो ।

‘अपरेशन सिन्दूर’ नाम दर्ता गर्न आवेदन दिनेमा ‘सी कम्पनी’, ‘कर्पोरेट’ जस्ता फिल्मका निर्माता अशोक पण्डित पनि छन् । उनले आजतकसँग भनेका छन्, ‘फिल्म बन्छ वा बन्दैन, त्यो अहिले भन्न मुस्किल छ । तर, जब कुनै देशसँग जोडिएको मुद्धा बाहिर आउँछ, तब निर्माताको रुपमा हाम्रो पहिलो कदम हुन्छ शीर्षक दर्ता गर्नु । बिना शीर्षक त फिल्म ‘प्लानिङ’ पनि सुरु हुन सक्दैन ।’

भारतमा कुनै ठूलो राष्ट्रिय मुद्धा वा घटना भयो भने त्यसमाथि फिल्म बनाउन होडबाजी नै चल्ने गरेको छ । त्यस्ता घटनामा बनेका केही फिल्म सफल पनि छन् । ‘उरी’, ‘आर्टिकल ३७०’ यसका उदाहरण हुन् । अब बलिउडले फिल्म बनाउन ‘अपरेशन सिन्दूर’ नामको अर्को कथा पाएको छ । यो घटनामा आधारित भएर सेनादेखि फाइटर विमान चालकसम्मको कथामा फिल्म बन्ने देखिन्छ ।