मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अल्लू अर्जुनः १८ वटा फिल्म फ्लप भएपछि ब्रेक, त्यसपछि हिटमा ह्याट्रिक

एजेन्सी, काठमाडौं, 2025/05/06

अल्लू अर्जुन

 

तेलुगु अभिनेता अल्लू अर्जुन अहिले ‘ग्लोबल स्टार’ बनिसकेका छन् । लगातार ब्लकबस्टर फिल्म दिइरहेका उनलाई ‘पुष्पा’का दुई श्रृंखलाले विश्वभर चिनाएको थियो । यी दुई फिल्मको सफलतापछि यतिबेला उनलाई ठूलो बजेटका फिल्मबाट निरन्तर अफर मिलिरहेको छ भने पारिश्रमिक उस्तै चर्किएको छ । अब चाँडै उनी ‘थेरी’का निर्देशक एटलीको फिल्ममा काम गर्ने तयारीमा छन् ।

यतिबेला करिअरको उत्कर्षमा रहेका अल्लू सन् २०२० मा प्रदर्शित ‘अला वैकुन्ठपुरमलो’भन्दा अघि भने फिल्मको असफलतासँग जुधिरहेका थिए । हालै वर्ल्ड अडियो भिजुअल इन्टरटेनमेन्ट समिटमा अतिथिको रुपमा उपस्थित भएका उनले आफ्नो १८ वटा फिल्मले बक्स अफिसमा निकै संघर्ष गर्नुपरेको बताएका छन् । यसपछि आफूले १ वर्ष फिल्मबाट ‘ब्रेक’ लिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘मेरो १८ वटा फिल्म बक्स अफिसमा फ्लप भए । ती फिल्मले दर्शकलाई रिझाउन सकेनन् । यसपछि मैले ६ महिना ‘ब्रेक’ लिने सोच बनाएँ । तर, गल्तीले ‘ब्रेक’ १२/१३ महिनाको भयो । ६ महिना चाहिँ म आफैं ‘ब्रेक’ लिन चाहन्थेँ ताकि अब के गर्ने भनेर म सोच्न सकुँ । मैले एक वर्ष कुनै फिल्म गरिनँ । र, त्यो बेला मैले आफ्नो करिअरको बारेमा निकै गम्भीर भएर सोचेँ ।’

एक वर्षको विश्रामपछि भने उनले आफ्नो करिअरको तीनवटा सबैभन्दा ठूलो हिट फिल्म दिए । त्यसमध्ये एउटा थियो, ‘अला वैकुन्ठपुरमलो’ । यसपछि आएका ‘पुष्पा’का दुई श्रृंखलाले त कीर्तिमान नै बनाए । अहिले सोच्दा उनलाई ‘ब्रेक’ लिने निर्णय सही थियो भन्ने लाग्छ । भन्छन्, ‘एक वर्षको विश्राम मेरो लागि सहयोगी नै सावित भयो । त्यो मेरो जीवनको सबैभन्दा राम्रो ‘ब्रेक’ थियो ।’

Most Visited News (monthly)