मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जलाकी’मा शिल्पा पनि

फिल्मीखबर, काठमाडौं, 2025/05/05

 Shilpa Maskey

 

‘खुस्मा’ निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायांकन भइसकेको फिल्ममा गत महिना धीरज मगर मुख्य भूमिकामा अनुबन्ध भएका थिए भने अब शिल्पा मास्के भित्रिएकी छन् । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् ।

शिल्पा पछिल्लो पटक फिल्म ‘देवी’मा देखिएकी थिइन्, जुन गत वर्षको भदौमा रिलिज भएको थियो । उनले फिल्मको छायांकन नगरेको भने २ वर्षभन्दा बढी भइसकेको छ । २०८० सालमा प्रदर्शित ‘परस्त्री’ उनले छायांकन गरेको पछिल्लो फिल्म हो । बीचमा केही फिल्म सम्झौता गरे पनि पछि उनले काम गरिनन् । उनलाई पहिलो फिल्मदेखि नै व्यावसायिक सफलता मिल्न सकेको छैन ।

दोस्रो चरणको छायांकनको तयारी भइरहेको ‘जलाकी’मा आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ । गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी आकृतिले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।

शैलेन्द्र डि. कार्कीको डिओपी रहने फिल्मको निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । नेपालसहित दक्षिण कोरियामा समेत छायांकन हुने फिल्ममा निर्देशक मगर स्वयंको लेखन रहेको छ । ‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ ।