मिति : २०८२ वैशाख २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रंगी’ लण्डनका २७ वटा हलमा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2025/05/04

rangi

 

अभिनेता सलोन बस्नेतको पहिलो निर्माण रहेको फिल्म ‘रंगी’ अब बेलायतको राजधानी लण्डनमा प्रदर्शन हुने भएको छ । आगामी मे ९ तारिख (बैशाख २६ गते)बाट लण्डनको २७ वटा हलमा फिल्म प्रदर्शन हुन लागेको हो । महारानी प्रोडक्सनका विक्रम जोशीले फिल्मलाई लण्डनमा वितरणको जिम्मा लिएका छन् ।

फिल्मको लण्डनमा सेन्सर पास भइसकेको वितरक जोशीले बताए । उनका अनुसार फिल्मले लण्डनमा प्रदर्शनका लागि सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर गत फागुन २ गते नेपालमा प्रदर्शन भएको ‘रंगी’लाई गत महिना अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन गरिएको थियो । अझै केही देशमा फिल्म प्रदर्शनको तयारी भइरहेको जनाइएको छ ।

बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथामा आधारित रहेर बनेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ । सुरेश न्यौपानेको निर्देशनमा तयार भएको फिल्ममा सलोनले एकल बाबुको भूमिकामा अभिनय गरेका छन् ।

सक्षम सुवेदी, करिश्मा केसी (बस्नेत) र अनिश गौतम निर्माता रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ । फिल्ममा समावेश ‘तिमीले रेट्यौ मनको तार’ बोलको गीत अझै पनि चर्चामा छ ।