मिति : २०८२ वैशाख २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

नेपाली र हिन्दी भाषामा रिलिज हुने ‘अभिमन्यु’ २५ दिनमा प्याकअप

फिल्मीखबर, काठमाडौं, 2025/05/03

kameshwor chaurasiya(1)

 

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ । गत चैत १९ गते कीर्तिपुरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको छायांकन शुक्रबार २५ औं दिनमा प्याकअप भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु हुने निर्माता पौडेलले बताए ।

सुशान्त गौतमको निर्देशनमा तयार भएको फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मलाई आगामी भदौ २७ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

नेपाली र हिन्दी भाषामा रिलिज गरिने बताइएको ‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । यसमा शरद महतोको छायांकन तथा मुकेश खनालको लेखन रहेको छ ।