मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यो मन त मेरो नेपाली हो’को खैँजडी गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/05/02

YO MANN TA MERO NEPALI HO

 

आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । खैँजडी भजनमा आधारित ‘हेर लौ नेपाल आमाको’ बोलको गीतमा नेपालको इतिहासदेखि वर्तमानसम्मको वर्णनसहित एकता र भाइचाराको भाव छ । गीतमा अनिश अधिकारी गायन, शब्द रचना तथा संगीत रहेको छ ।

प्रमोद भण्डारीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, विजिता बर्देवा, देवराज राजबंशी लगायतलाई देख्न सकिन्छ । पूजाको परिवेशमा भिडियोलाई तयार पारिएको छ । यसअघि फिल्मको ‘तिम्रो आँखै रसिलो’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

नर प्रधान (मित्र)को लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, अनिश अधिकारी लगायतको पनि अभिनय रहेको छ । पद्मा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् ।

यसमा शिवम् अधिकारीको लेखन, दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्साउने जनाइएको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँमा फिल्मको छायांकन गरिएको छ ।