मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जन्ते बाख्रो’को नयाँ पोस्टरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/05/01

jante bakhro

 

आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, र ग्रामीण परिवेशलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरु एउटा बाख्रालाई समात्न दौडिरहेका देखिन्छन् । यसले फिल्मको कथा बाख्राको वरिपरि घुमेको संकेत गर्छ ।

सार्वजनिक पोस्टरमा कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायत चित्रित छन् । सौगातको हात समातेकी गरिमा रोमान्टिक देखिएकी छन् भने आसिफको हातमा डोरी छ । बाख्रालाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा रहस्यात्मक र हास्यपूर्ण मोड हुनसक्ने अनुमान गर्न सकिन्छ ।

सिमोस सुनुवारको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय छ । यतिबेला फिल्मका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ चर्चामा छन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माणमा तयार भएको फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन छ । बेहुली भित्र्याउने दिन जन्तीलाई टपुरीमा खुवाइने भोज प्रचलनमा फिल्म आधारित छ ।