मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’को कमाइ ४ करोडमाथि, ५१ दिनमा कलाकार र लेखकलाई सम्मान

फिल्मीखबर, काठमाडौं, 2025/04/28

hostel 3

 

गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’ले ५१ औँ दिने यात्रा पूरा गरेको छ । काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा फिल्मले प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो । ५१ औँ दिनसम्म ४ करोडमाथिको व्यापार गरेको फिल्मले हलको कमाइबाट लगानी उठाएको छ भने डिजिटल र ओभरसिज राइट्सको रकम निर्मातालाई मुनाफाको रूपमा मिलेको छ ।

५१ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन सोमबार रञ्जना हलमै विशेष कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा फिल्मको टिमलाई प्रशंसा पत्रसहित सम्मान गरियो । कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरू पारस बम (कुल ब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे, सन्तोष बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

फिल्ममा विशेष भूमिकामा अभिनय गरेका कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि कार्यक्रममा उपस्थित भएका थिए । उनले नयाँ कलाकारहरूको पहिलो फिल्म नै व्यावसायिक रुपमा सफल भएकोमा खुसी व्यक्त गर्दै आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।

होस्टेलमा बसेर कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको कथामा आधारित भएर बनेको ‘होस्टेल ३’लाई गायक तथा संगीतकार सशान कँडेलले निर्देशन गरेका हुन् । पहिलो निर्देशकीय फिल्मले नै व्यावसायिक सफलता पाएपछि उनी यसै वर्ष अर्को फिल्म बनाउने तयारीमा जुटेका छन् । उक्त फिल्मको घोषणा आगामी महिना हुने जनाइएको छ । त्यसपछि उनले ‘होस्टेल ४’ बनाउने चर्चा छ ।