मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जन्ते बाख्रो’को ‘अङ्गुरको झुप्पो’ गीतमा गरिमालाई फकाउँदै आसिफ

फिल्मीखबर, काठमाडौं, 2025/04/25

Ashif Shah, Garima Sharma

 

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर छ भने महेश स्वयंको शब्द तथा संगीत र रिकेश गुरुङको एरेञ्ज तथा मिक्सिङ्ग मास्टरिङ्ग छ ।

मौसम हिमालीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आसिफ शाह र अभिनेत्री गरिमा शर्मा चित्रित छन् । भिडियोमा उनीहरुबीचको नोकझोंक देख्न सकिन्छ । रिसाएकी गरिमालाई आसिफले फकाइरहेका छन् । यसअघि सार्वजनिक ‘घामै राजा’ गीतमा गरिमा र सौगात मल्ल देखिएका थिए ।

आगामी जेठ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सौगात, आसिफ र गरिमासहित रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायतको अभिनय छ । गरिमाले मुख्य अभिनेत्रीको रुपमा काम गरेको यो पहिलो फिल्म हो । सहायक भूमिकामा उनले यसअघि तीनवटा फिल्म गरिसकेकी छन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । सन्तोष गौतमको निर्माण रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन छ भने हरि हुँमागाईको डीओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी तथा सुनिल शिवभक्तिको सम्पादन छ । यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।