मिति : २०८२ वैशाख १९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिनैपिच्छे हलमा दयाहाङको फिल्म, रिलिज भयो ‘राजागंज’

फिल्मीखबर, काठमाडौं, 2025/03/14

Dayahang Rai

 

अघिल्लो वर्ष सबैभन्दा धेरै फिल्म प्रदर्शन हुने अभिनेताको कीर्तिमान दयाहाङ राईको नाममा रह्यो । उनका ९ वटा फिल्म प्रदर्शन भएका थिए । दुईपटक त उनका आफ्नै फिल्मबीच भिडन्त भयो । यस वर्ष पनि गत वर्षकै संख्यामा उनका फिल्म प्रदर्शन हुँदैछन् । अर्थात् ९ वटा । यो साता रोचक संयोग चाहिँ के जुरेको छ भने उनका दुई फिल्म एक दिनको अन्तरमा प्रदर्शनमा आएका छन् ।

फागु पूर्णिमाको विदा पारेर हिजो बिहीबार दयाहाङले बाबुको भूमिकामा अभिनय गरेको बायोपिक फिल्म ‘अञ्जिला’ प्रदर्शन भयो । र, आज शुक्रबारबाट उनको अर्को फिल्म ‘राजागंज’ (पूजा, सर) प्रदर्शनमा आएको छ । यसमा उनले प्रहरी उपरीक्षक (एसपी)को भूमिका निर्वाह गरेका छन् । एउटै कलाकारको फिल्म दिनैपिच्छे प्रदर्शन हुँदा दर्शक समेत कुन हेर्ने भन्ने दोधारमा देखिएका छन् ।

‘राजागंज’ विश्वका प्रतिष्ठित फेस्टिभलहरूमा प्रिमियर भैसकेको फिल्म हो । यसै वर्षको भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियरको क्रममा फिल्मले १० मिनेट लामो स्ट्यान्डिङ ओभेसन पाएको थियो । गत बुधबार काठमाडौं प्रिमियरमा पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया मिल्यो । अब व्यावसायिक उद्देश्यले प्रदर्शन यात्रा सुरु गरेको फिल्मलाई दर्शकबाट मिल्ने प्रतिक्रिया महत्त्वपूर्ण रहनेछ ।

केही दृश्य तथा शब्दका कारण सेन्सर बोर्डमा झमेला व्यहोरेको ‘राजागंज’ले मधेश आन्दोलनको पृष्ठभूमिमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ । दीपक रौनियार निर्देशित फिल्ममा दयाहाङसहित आशा मगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, निकिता चाण्डक लगायतको अभिनय छ । फिल्मको कथा मधेशमा केन्द्रित छ ।