मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘मितज्यू’बाट तेरियाको फिल्ममा डेब्यु पक्का, दयाहाङ पनि भित्रिए

फिल्मीखबर, काठमाडौं, 2025/03/12

dayahang rai and teriya mahar

 

भारतीय रियालिटी शो ‘झलक दिखला जा-९’ र ‘डीआईडी लिटिल मास्टर-३’को उपाधि जितेर ठूलो चर्चा कमाएकी नेपालकी तेरिया फौजा मगरले अब फिल्ममा आफ्नो अभिनय क्षमता अजमाउने भएकी छन् । उनले ‘मितज्यू’ फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । बुधबार निर्माण टिमले एक पोस्टरमार्फत उनी मुख्य अभिनेत्रीको रुपमा फिल्ममा भित्रिएको जानकारी गराएको हो ।

रियालिटी शोबाट चर्चामा आएपछि तेरियालाई धेरै नेपाली फिल्मबाट अभिनयको प्रस्ताव पुगेको थियो । तर, उनले कुनैमा काम गर्ने इच्छा देखाइनन् । अब ‘मितज्यू’बाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी उनले केही महिनाअघि भारतीय टेलिभिजन दूरदर्शनको ‘स्वराज’ सिरियलमा अभिनय गरेकी थिइन् । जसमा उनले भारतीय स्वतन्त्रता सेनानी रानी गाइदिन्ल्यूको भूमिका निभाएकी थिइन् ।

‘मितज्यू’मा तेरियासँगै अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन् । यसअघि ‘मितज्यू’ समूहले निर्माण गरेको ‘घरज्वाइँ’मा पनि दयाहाङ थिए । उनको व्यस्तताका कारण फिल्मको छायांकन आगामी तिहारपछि मात्र सुरु हुने जनाइएको छ । तर, छायांकन सुरु हुनुभन्दा सात महिना अगाडि नै आगामी वर्षको चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा भैसकेको छ ।

अनिल बुढा मगरले निर्देशन गर्ने फिल्ममा जनक घर्ती मगरको लगानी रहनेछ । यसमा महेश राईको स्क्रिप्ट लेखन छ भने प्रोडक्सन कन्ट्रोलरमा धन बहादुर राई छन् । गत महिना पेन्टिङमार्फत् तयार पारिएको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको थियो । फिल्मले पहाडी परिवेशमा आधारित भएर आदिवासी जनजाति समुदायमा प्रचलित मित परम्पराको कथा भन्नेछ ।