मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माइकलको ‘राम नाम सत्य’ गर्दै विराज भट्ट

फिल्मीखबर, काठमाडौं, 2025/03/10

Biraj Bhatta

 

अभिनेता विराज भट्टले ‘जय परशुराम’ प्रदर्शनको ८ वर्षपछि घरबाहिरको फिल्ममा काम गर्ने भएका छन् । उनले नयाँ फिल्म ‘राम नाम सत्य’मा काम गर्ने पक्का भएको हो । उनी स्वयंले सोमबार फेसबुकमार्फत आफूले फिल्म सम्झौता गरेको जानकारी गराएका हुन् । यो फिल्मको निर्देशन माइकल चन्दले गर्नेछन् । उनी म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफरको रुपमा परिचित छन् ।

‘राम नाम सत्य’को घोषणा अघिल्लो वर्ष (२०८०)को माघमा भएको थियो । खासमा निर्देशक चन्दले फिल्ममा विराजका छोरा समीर भट्टलाई लिन चाहेका थिए । त्यसका लागि केही पटक उनको विराजसँग कुराकानी पनि भएको थियो । तर, ‘बलिदान’ रिलिजअघि समीरले अरु फिल्म नगर्ने भएपछि माइकलले विराजलाई नै मुख्य भूमिकामा लिएका हुन् । फिल्म एक्सनप्रधान हुने जनाइएको छ ।

विराज पछिल्लो पटक गत असोजमा रिलिज भएको आफू निर्देशित फिल्म ‘१२ गाउँ’मा देखिएका थिए । यो फिल्म सफल भएपछि उनी यसको सिक्वेल निर्माणको तयारीमा छन् । त्यसका लागि उनले निर्माण इजाजत समेत लिइसकेका छन् । आगामी बैशाखपछि छायांकन गर्ने उनको तयारी थियो । तर, अब उनी ‘राम नाम सत्य’मा अनुबन्ध भएकाले ‘१२ गाउँ २’को निर्माण धकेलिने देखिन्छ ।

‘राम नाम सत्य’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका माइकलले यसअघि थुप्रै म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । त्यही अनुभवलाई उनले फिल्म निर्देशनमा प्रयोग गर्न लागेका हुन् । फिल्ममा विराज अनुबन्ध भएपछि उनले फेसबुकमा एक पोस्ट गर्दै लेखेका छन्, ‘यसपटक दर्शकले एउटा भिन्न स्वादको फिल्म हेर्न पाउनुहुनेछ । ‘राम नाम सत्य’ नाम जस्तै फरक र विशेष बन्नेछ ।’