अभिनेत्री तथा निर्मात्री निशा अधिकारी कार्यकारी निर्माता रहेको फिल्म ‘माया प्रीति’मा ‘एक्टर’ डेब्यु गर्ल अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा देखिँदैछिन् । यसमा उनको जोडी कोसँग बाँधिनेछ भन्ने निश्चित भइसकेको छ । फिल्मवृतमा भने अभिनेता प्रदीप खड्काको नाम चर्चामा छ । तर, शुक्रबार निर्माण टिमले एक पोस्टरमार्फत दिव्याको जोडीका लागि अडिसन आह्वान गरेको छ ।
फिल्मको मुख्य भूमिकाका लागि पुरुष कलाकारसहित नेगेटिभ भूमिकाको लागि पुरुष कलाकार, पारिवारिक सदस्यको भूमिकाका लागि पुरुष तथा महिला कलाकारहरु र अन्य सहायक भूमिकाको लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए । इच्छुकले बायोडाटा र फोटोसहित १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा पठाउनुपर्नेछ ।
‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथामा आधारित भएर बन्न लागेको रोमान्टिक कमेडी फिल्म हो । वान टू थ्री स्टुडियोजको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुवास चन्द्र प्रधान हुन् । कार्यकारी निर्मातामा निशासँगै सन्तोष कुमार कार्की रहेका छन् । त्यसैगरी, क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्, जो ‘रेशम फिलिली’का निर्देशक हुन् । यो फिल्मको छायांकन बैशाखपछि सुरु गरिँदैछ ।