मिति : २०८२ ज्येष्ठ २२, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदर्शनमा उत्रियो ‘होस्टेल ३’, कस्तो गर्ला व्यापार ?

फिल्मीखबर, काठमाडौं, 2025/03/07

HOSTEL 3_Trailer Event_3

 

अचेल नेपाली फिल्मलाई एकल रिलिजको अवसर विरलै मिल्ने गरेको छ । फिल्म निर्माणको संख्या बढ्दा एउटै मितिमा २/३ वटा फिल्म भिडिरहेका हुन्छन् । गत साता मात्र तीनवटा फिल्म प्रदर्शनमा आएका थिए । तर, फिल्म ‘होस्टेल ३’ले भने एकल रिलिजको दुर्लभ अवसर पाएको छ । शुक्रबारदेखि प्रदर्शनमा उत्रिएको यो फिल्मसँग बक्स अफिस स्पर्धामा अरु कुनै नेपाली फिल्म छैनन् ।

‘होस्टेल’का अघिल्ला दुई श्रृंखला हिट भएका थिए । र, अनमोल केसीजस्ता ‘स्टार’ यही श्रृंखलाले जन्माएको हो । ‘होस्टेल ३’मा पनि अधिकांश नयाँ कलाकार छन् । पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरीले यही फिल्मबाट डेब्यु गरेका छन् । उनीहरू फिल्ममा नयाँ भए पनि कोही टिकटक त कोही हास्य टेलिसिरियलबाट दर्शकमाझ चिनिएका अनुहार हुन् ।

दर्शकले चिनेका कलाकार, ट्रेलरले बनाएको ‘हाइप’, ‘टिक टिक टिक’ गीतको लोकप्रियता र ‘होस्टेल’ ब्रान्डका कारण ‘होस्टेल ३’ले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण गरिएको छ । तर, बुधबारबाट खुलेको एड्भान्स बुकिङ उत्साहजनक देखिएको छैन । अब ‘वर्ड अफ माउथ’ कस्तो रहन्छ, त्यसले व्यावसायिक भविष्य निर्धारण गर्नेछ । फिल्मले देशभर डेढ सय बढी शोज पाएको छ ।

सशान कँडेलको निर्देशनमा तयार भएको फिल्ममा हेना नगरकोटी, समा पराजुली, उमर खान, रोहन श्रेष्ठ, सन्तोष बानियाँ आदिको पनि अभिनय छ । यसमा निर्देशक कँडेल स्वयंको कथा र माधव शर्माको पटकथा तथा संवाद छ । होस्टेलमा बस्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीले डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।