मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अभिनेत्री गौरी मल्ललाई मातृशोक

फिल्मीखबर, काठमाडौं, 2025/03/06

gauri malla's mother

 

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी आमा हेमाकुमारी मल्लको ८८ वर्षको उमेरमा बिहीबार दिउँसो २:१५ बजे उपचारको क्रममा शहीद गंगालाल अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि मुटुको समस्याबाट पीडित थिइन् ।

यतिबेला हेमाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन मोहन निरौला, प्रमोद अग्रहरी लगायतका कलाकारहरु आर्यघाट पुगेका छन् । हेमाको दुई सन्तानमध्ये गौरी जेठी हुन् । उनी आमासँग निकै नजिक थिइन् । उनी आमालाई लिएर कार्यक्रमहरुमा पनि पुग्ने गरेकी थिइन् ।

अभिनयमा पारंगत मानिने गौरीले एक सय बढी नेपाली फिल्ममा अभिनय गरेकी छन् । सन् १९८७ मा प्रदर्शन भएको फिल्म ‘सन्तान’बाट अभिनय करिअर सुरु गरेकी उनको ‘कन्यादान’, ‘सरस्वती’, ‘राँको’, ‘सीमा रेखा’, ‘गाउँले’, ‘मामाघर’, ‘धन सम्पत्ति’ जस्ता फिल्ममा सम्झनलायक भूमिका छ । उनी पछिल्लो पटक फिल्म ‘महापुरुष’मा देखिएकी थिइन् ।