Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीता र अशोकले सुरु गरे ‘मन बिनाको धन’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/02/14

man binako dhan

 

संगीतकार टंक बुढाथोकीको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन’को छायांकन सुरु भएको छ । शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा मुहूर्त पूजा गरेपछि भक्तपुरको बालकोटबाट छायांकन थालिएको हो । फिल्मका प्रमुख दुई कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहूर्त सट दिएका थिए । गायक समेत रहेका अशोकले अभिनय गर्न लागेको यो पहिलो फिल्म हो ।

निर्देशक बुढाथोकी स्वयंको कथा रहेको फिल्ममा अशोक र सन्तोषसहित सरोज खनाल, रमा थपलिया, नीता ढुंगाना, बुद्दि तामाङ, भोलाराज सापकोटा, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए. आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन नेपाल, विनय अधिकारी, विजय डंगोल लगायतको अभिनय रहनेछ ।

शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्मको निर्मातामा बिष्णु माया मैनाली छन् भने सह-निर्माता जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल र विजया पाण्डे हुन् । कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) छिन् । फिल्मको गीतमा टंक स्वयंको संगीत छ भने सौरभ लामा छायाँकारमा छन् । यसमा कविराज गहतराजको कोरियोग्राफी र मित्र डि. गुरुङको सम्पादन रहनेछ ।

‘मन विनाको धन’ अशोक दर्जीले बाल्यकालमै गाएको पहिलो गीत हो । यसले उनको जीवन नै परिवर्तन गरेको थियो । ६ वर्षअघि रिलिज भएको यो गीतलाई युट्युबमा झन्डै तीन करोडले हेरिसकेका छन् । बाल्यकालदेखि नै संगीतकार बुढाथोकीको संरक्षणमा रहेका उनी यतिबेला काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् । अशोकको आवाजमा गीत नआएको लामो समय भइसकेको छ ।