Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

फिल्मीखबर, काठमाडौं, 2025/02/10

harsha movie

 

एकता पौडेलको निर्देशनमा फिल्म ‘हर्ष’ बन्ने भएको छ । सोमबार उनले फिल्मको निर्माण घोषणा गर्दै मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई अनुबन्धित गरिएको जानकारी गराइन् । पहिलो पटक खगेन्द्र र आँचलले फिल्ममा सहकार्य गर्न लागेका हुन् । र, एकताको यो डेब्यु निर्देशकीय फिल्म हो ।

ई प्राइम मुभिजको ब्यानरमा बन्न लागेको फिल्मलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्नेछन् भने कार्यकारी निर्माताको रुपमा हिक्मत चोखल रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर छन् ।

एकता दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । अमेरिकास्थित न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी उनले आमसञ्चार र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसअघि उनले केही छोटा फिल्महरु बनाएकी छन् ।

फिल्मको घोषणा गर्दै एकताले भनेकी छन्, ‘जीवनभरि एउटा सपना पालेको थिएँ- फिल्म बनाउने । आज त्यो सपना साकार गर्ने यात्राको सुरुवात गर्दैछु । यो फिल्म मेरो लागि केवल एउटा प्रोजेक्ट होइन, यो मेरो भावना, मेहनत र सपना हो ।’