मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सारंग’ पोस्टरमा गम्भीर ऋचा

फिल्मीखबर, काठमाडौं, 2025/01/27

sarag

 

यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सोमबार जारी पोस्टरमा फिल्मका मुख्य चार पात्रहरु ऋचा शर्मा, उत्पल झा, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की प्रस्तुत छन् । उनीहरुलाई गम्भीर भावमा देख्न सकिन्छ । यसले फिल्मको कथावस्तुमा सङ्घर्ष र गम्भीर भावनाहरूको मिश्रण रहेको संकेत गर्छ ।

कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्ममा ऋचाले आमाको भूमिका निर्वाह गरेकी छन् ।

दर्शन बुद्ध फिल्म्सको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेको फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन छ । फिल्मले बाल मनोविज्ञान र धनी-गरिबबीचको खाडलको कथा देखाउने निर्देशक तामाङको भनाइ छ ।