मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्णबहादुरको सारंगी’लाई कमाइ खाने भाँडो नबनाइयोस् : निर्देशक पौडेल

फिल्मीखबर, काठमाडौं, 2025/01/27

Saroj Poudel

 

सर्वाधिक कमाइको कीर्तिमानी बनाएको फिल्म ‘पूर्णबहादुरको सारंगी’को आइतबार आयोजित सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले यसको सिक्वेल निर्माणको औपचारिक घोषणा गरे । तर, न निर्देशक न त कलाकारको नाम सार्वजनिक गरियो । फिल्मको सिक्वेल निर्माण हुने भएपछि यसका निर्देशक तथा कथाकार सरोज पौडेलले भने असहमति व्यक्त गरेका छन् ।

फिल्मले कोरेको इतिहासलाई कमाइ खाने भाँडो नबनाउन उनको आग्रह छ । पौडेल फेसबुकमा लेख्छन्, ‘इतिहास घरिघरि कोर्न सम्भव हुँदैन । त्यही कारण ‘पूर्णबहादुरको सारंगी’ले कोरेको इतिहासलाई इतिहास नै बनाइ सम्मानपूर्वक राखौं । यसलाई कमाइ खाने भाडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ ।’

निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारंगी २’मा आफूले काम नगर्ने पनि जानकारी गराएका छन् । र, बिना जानकारी आफूले सिर्जना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनाउन उनको सुझाव छ । आफूले फिल्ममा काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गर्न र ‘पूर्णबहादुरको सारंगी’ले स्थापित गरेको गरिमा जोगाउन उनले आग्रह गरेका छन् ।

निर्देशक पौडेल सफल फिल्मको सिक्वेल वा सिरिज बनाउनु हुँदैन भन्ने पक्षमा देखिन्छन् । आफ्ना कथाहरु फरक शैलीमा भन्नुपर्ने उनको तर्क छ । उनी अगाडि लेख्छन्, ‘सकेसम्म २,३,४,६ बनाउनतिर नलागेर आफ्ना कथाहरु फरक शैलीमा भन्नु पर्दछ भन्ने मेरो मान्यतालाई नै निरन्तरता दिँदैछु । ‘कोशेढुङ्गा’मार्फत मैले मेरो कथाहरु भन्दैछु,’ उनले भने । ‘कोशेढुङ्गा’ उनको नयाँ फिल्म हो ।