मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपाल कल्चरल फिल्म फेस्टिभल’मा ४७ देशका फिल्म प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2025/01/21

NCIFF 2025 Press Meet 2

 

हरेक वर्ष नियमित रुपमा नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौं संस्करण यही माघ १७ गतेदेखि माघ १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । यसपटक ६० मुलुकका ४ सय बढी फिल्मको आवेदन परेको र यसमध्येबाट नेपालसहित ४७ मुलुकका ९८ वटा फिल्म महोत्सवमा देखाइने मङ्गलबार एक कार्यक्रमका बीच जानकारी गराइयो ।

महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले प्रारम्भिक चयन समूहले ४ सय फिल्मलाई डेढ महिना लगाएर हेरेपछि ९८ वटा फिल्म छनोट गरेको जानकारी दिए । उनका अनुसार महोत्सवमा कथानक फिल्म, लघु फिल्म, वृत्तचित्र, एनिमेटेड फिल्म, महिला, बालबालिका, मानव अधिकारका फिल्महरू प्रतिस्पर्धामा रहेका छन् ।

महोत्सवको लागि अन्तर्राष्ट्रिय जुरीमा भारतबाट निपोन धौला, जर्मनीबाट फाविन मात्थियस र इभिन बिराजी, बेलायतबाट लुईसा प्रिटोलानी, क्यानडाबाट जुडी ग्लाड्स्टोन, इरिना बेराजी छन् । नेपालबाट निर्णायकमा शम्भुजीत बास्कोटा, मिथिला शर्मा, दीपेन्द्र के. खनाल, प्रदीप खड्का, टीकाराम यात्री सुरक्षा पन्त, रौनक विक्रम कँडेल र दिनेश लिङदेन छन् ।

महोत्सवमा फिल्म प्रदर्शनसँगै फिल्मको विभिन्न विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला र कला प्रदर्शनी समेत गरिनेछ । काठमाडौंको दरबारमार्गस्थित राईजिङ मलको क्यूएफएक्स हल र चलचित्र विकास बोर्डमा हुन लागेको महोत्सवमा सर्वोत्कृष्ट भएका फिल्म, कलाकार तथा प्राविधिकलाई अवार्ड पनि प्रदान गरिनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ३० फिल्म पुरस्कृत हुनेछन् ।