मिति : २०८२ वैशाख २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केटी हराएको सूचना’को दोस्रो टिजर : सृष्टिको बन्धकमा नाजिर

फिल्मीखबर, काठमाडौं, 2024/10/21

Shristi Shrestha, Najir Husen

 

गुरु नानक जयन्तीको विदा पारेर यही कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लम्बाईको संवादविहीन टिजरले प्रेम, द्वन्द्व र रहस्यलाई प्रस्तुत गर्छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई पछ्याएको टिजरले उनीहरुको सम्बन्धमा आउने उतार-चढावलाई देखाउँछ, जुन रोचक छ ।

टिजरको अन्त्यमा नाजिरलाई सृष्टिले बन्धक बनाएको दृश्य छ, जहाँ उनी नाजिरको घाँटीमा चक्कु राखेर रिसाहा भावमा देखिएकी छन् । यो दृश्यले पहिलो टिजरको विपरीत परिणाम प्रस्तुत गर्छ, जहाँ नाजिरले सृष्टिको आँखा, मुख र हातखुट्टा बाँधेर अपहरण गरेको देखाइएको थियो । फरक कथा भनेको दुईवटा टिजरले फिल्मप्रति दर्शकमा उत्सुकता बढाउने देखिन्छ ।

३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनी स्वयंकै स्क्रिप्ट लेखन छ । यसमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल लगायतको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नेपालकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता तथा अमितेष शाह सहायक निर्मातामा छन् । फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा राजीव कर्णको कोरियोग्राफी रहेको छ ।