मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुन’को ललिपप देखाउँदा पनि फिल्म चलेन

फिल्मीखबर, काठमाडौं, 2024/08/17

नम्बरी सुन' फिल्मले ल्यायो उपहार योजना, १२ जना दर्शकले सुन पाउने ::  सेतोपाटी कला :: Setopati

 

फिल्म चलाउन नेपाली निर्माताहरुले अक्सर विभिन्न उपहार योजना घोषणा गर्दै दर्शकलाई लोभको ‘ललिपप’ देखाउने गरेका छन् । कसैले मोबाइल उपहार त कसैले नगद पुरस्कार घोषणा गरेका हुन्छन् । तर, आजसम्म उपहारकै लागि फिल्म हेर्न दर्शकको मेला लागेको छैन । एक फिल्मका निर्माताले त ‘सुन उपहार दिन्छु’ भनेर घोषणा गर्दा पनि दर्शक गएनन् । त्यो फिल्म हो, ‘नम्बरी सुन’ ।

फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा निर्माता नारायण खातीले फिल्म हेर्ने दर्शकमध्ये १२ जनालाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने घोषणा गरेका थिए । फिल्म प्रचारको अस्त्र नै यसैलाई बनाइयो । मूल्यमा रेकर्ड बनाइरहेको ‘सुन’को लोभ देखाउँदा दर्शक हलमा ओइरिन्छन् भन्ने विश्वास निर्माण टिममा देखिन्थ्यो । तर, सुन उपहार दिने घोषणा गर्दा पनि ‘नम्बरी सुन’ले दर्शकको खडेरी भोग्यो ।

फिल्मले प्रायः मल्टीप्लेक्समा राम्रै शोज प्राप्त गरेको थियो । तर, पहिलो शोदेखि नै दर्शकको अभाव झेलेको फिल्म कति हलमा दुई दिन पनि टिक्न सकेन । धेरैजसो शोज ‘क्यान्सिल’ भए । केही हलमा जेनतेन एक हप्ता टिके पनि दोस्रो हप्ताको मुखै देख्न पाएन । फिल्म नै नचलेपछि अब निर्माताले दर्शकलाई ‘सुन’ उपहार दिनेमै आशंका उब्जिएको छ । अहिले निर्माताको चालचुल केही छैन ।

फिल्म चल्न ‘कन्टेन्ट’ नै शक्तिशाली हुनुपर्छ, नभए ‘सुनै उपहार दिन्छु’ भन्दा पनि दर्शक आउँदैनन् भन्ने यो एउटा गतिलो उदाहरण हो । लोभको ‘ललिपप’ देखाएर फिल्म चलाउने रणनीतिले अबको समयमा काम गर्दैन । सबैभन्दा पहिला फिल्म आफैंमा बलियो र स्तरीय हुनुपर्छ । नभए उपहारको लोभमा दर्शक यातना झेल्न हलमा जाँदैनन् । र, फिल्म बलियो छ भने ‘ललिपप’ देखाउनै पर्दैन ।