Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सन्दीपले सफाई पाउँदा फिल्मकर्मी खुसी, रमेश भन्छन्, ‘सिंह फर्कियो’

फिल्मीखबर, काठमाडौं, 2024/05/15

प्रख्यात क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्धामा सफाई पाएपछि फिल्मकर्मीहरुले पनि खुसी व्यक्त गरेका छन् । बुधबार उच्च अदालत, पाटनले जिल्ला अदालत, काठमाडौंले गत पुषमा गरेको फैसला (दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति) उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेपछि फिल्मकर्मीहरुले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन् ।

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सन्दीपको एक तस्वीर फेसबुकमा राख्दै बधाई दिएका छन् भने अभिनेता तथा निर्माता रमेश उप्रेतीले ‘अन्ततः सिंह फर्कियो’ भन्दै स्टाटस लेखेका छन् । अर्का कलाकार सन्दीप क्षेत्रीले फेसबुकमा ‘क्लिन एन्ड क्लियर’ भन्दै सन्दीपको जीतमा खुसी व्यक्त गरेका छन् । यस्तै, गायक तथा अभिनेता राजेशपायल राईले पनि उनलाई बधाई दिएका छन् ।

 

sandeep lamichhane


अभिनेता तथा निर्माता गजित विष्टले ‘यो देशमा न्याय मरेको छैन’ भन्दै सन्दीपलाई निर्दोष सावित भएकोमा बधाई दिँदै फेसबुकमा स्टाटस लेखेका छन् । कलाकार तथा निर्देशक शिवहरी पौडेल, महिला निर्देशक समुन्द्र भट्ट, गायक स्वरुपराज आचार्य, निर्देशक शिवम् अधिकारी, कलाकार तथा ट्रेलर मास्टर साहिल खान लगायतले पनि सन्दीप निर्दोष ठहर भएकोमा खुसी व्यक्त गरेका छन् ।

५ भदौ, २०७९ मा गौशला २६ ले बलात्कार गरेको आरोप लगाउँदै सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसबेला उनी भने क्रिकेट खेल्न विदेशमा थिए । २० असोजमा नेपाल आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । र, जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत, पाटनले पुष २९ मा सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।