मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर बोर्डले अड्को थापेको ‘रङ्गेली’लाई मेयरको शुभकामना

फिल्मीखबर, काठमाडौं, 2024/03/05

Rangeli Movie

 

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘रङ्गेली’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले शीर्षकमा आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । रङ्गेली सहरको नाममा फिल्म बनेकाले त्यस नगरपालिकाको सहमति पत्र पेश भएपछि मात्र सेन्सर प्रमाणपत्र दिने बोर्डको निर्णयपछि चौतर्फी विरोध भएको थियो । अन्ततः बोर्डले विरोध झेल्न सकेन र प्रमाणपत्र दियो ।

जुन निकायको स्वीकृति पत्र चाहिन्छ भनेर बोर्डले ‘रङ्गेली’लाई अड्को थापेको थियो, त्यस नगरपालिका (मोरङ जिल्लाको रङ्गेली नगरपालिका)का प्रमुख दीलिप कुमार अग्रवालले फिल्मलाई शुभकामना दिएका छन् । एक भिडियो सन्देशमार्फत् उनले रङ्गेलीको नामबाट फिल्म बनेकोमा खुसी व्यक्त गरे । र, फिल्मले रङ्गेलीलाई चिनाउने काम गरेकोमा टिमलाई धन्यवाद समेत दिएका छन् ।

ग्याङस्टर कथामा निर्माण भएको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । त्यस्तै, निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् ।