मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कियाराको पारिश्रमिकमा छलाङ्ग

एजेन्सी, काठमाडौं, 2024/03/05

Here's How Much Kiara Advani Reportedly Charged For Farhan Akhtar's 'Don 3'

 

बलिउडमा अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा ठूलो विभेद देखिन्छ । एउटा चल्तीको अभिनेताले सय करोड पारिश्रमिक बुझ्दा अभिनेत्रीले १० करोड पनि पाउँदैनन् । यद्यपि, केही अभिनेत्रीहरुको पारिश्रमिकमा वृद्धि भैरहेको छ । एउटा फिल्मबापत ४ देखि ८ करोडसम्म पारिश्रमिक लिने गरेकी अभिनेत्री कियारा आडवाणीले नयाँ फिल्म ‘डन ३’मा करिअरकै उच्च पारिश्रमिक पाएकी छन् ।

‘कबीर सिंह’, ‘गुड न्यूज’, ‘भूल भुलैयाँ २’ जस्ता फिल्मको सफलतापछि कियाराको बढ्दो मागलाई मध्यनजर गर्दै ‘डन ३’मा उनलाई १३ करोड पारिश्रमिक दिइएको बलिउड हंगामाले दाबी गरेको छ । उनले आफ्नो करिअरमा पाएको यो सर्वाधिक पारिश्रमिक हो । फिल्ममा उनको जोडी अभिनेता रणवीर सिंहसँग बाँधिँदैछ । अभिनेता समेत रहेका फरहान अख्तरले फिल्मको निर्देशन गर्नेछन् ।

फिल्मका लागि निर्देशक अख्तरले कियारासँगै कृति सेननको नाम ‘सर्टलिस्ट’ गरेका थिए । त्यसमध्ये रणवीरले कियारालाई चुनेका हुन् । ‘डन’को अघिल्ला दुई श्रृंखलामा अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाले जोडी भएर काम गरेका थिए । र, दुवै श्रृंखला सफल भएका थिए । ‘डन ३’मा अभिनेता इमरान हाशमी भिलेनको भूमिकामा देखिन लागेको भारतीय मिडियामा चर्चा छ ।