मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओस्कारमा सिफारिस ‘हल्कारा’ अमेजन प्राइममा रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/12/28

halkara movie

 

९६औँ एकेडेमी अवार्ड (ओस्कार)मा नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’ विश्वकै प्रख्यात ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा बुधबार रिलिज भएको छ । यो प्लेटफर्ममा फिल्मलाई रेन्ट (१० डलर) र बाइ (१५ डलर) सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिनेछ । यस वर्ष नेपालमा प्रदर्शनमा आएको फिल्मले कमजोर व्यापार गरेको भए पनि कथावाचन शैली रुचाइएको थियो ।

विक्रम सापकोटाको लेखन, निर्देशन तथा सम्पादन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन् । स्वं. दीपक क्षेत्री, रोशनी कार्की, शारदा गिरी, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारीको पनि अभिनय रहेको फिल्म हाल युरोप र अमेरिकामा प्रदर्शन भैरहेको छ । फिल्ममा विप्लव प्रतीक र आकाश बरालको सह-लेखन छ ।

कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको संयुक्त सहकार्यमा बनेको फिल्ममा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक छ भने ज्योति रानाको प्रोडक्सन साउन्ड छ । कलरिस्ट लियोनार्डो क्यानेडियन हुन् । गत वर्ष ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता र उत्कृष्ट छायाँकारको अवार्ड जितेको फिल्मले धेरै फेस्टिभलहरु चहारिसकेको छ ।