मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१० वर्षमुनिकालाई ‘चित्रा’ हेर्दा पैसा नलाग्ने, नाम मिलेमा ३ वटा टिकट सित्तैमा

फिल्मीखबर, काठमाडौं, 2023/12/10

फिल्म चलाउनका लागि नेपाली निर्माताले अनेक उपाय अपनाउने गरेका छन् । कसैले पुरस्कार राशीसहित विभिन्न प्रतियोगिताको आयोजना गर्छन् त कसैले लक्षित वर्गलाई सित्तैमा टिकट बाँड्ने घोषणा गर्छन् । यसैक्रममा, आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चित्रा’का निर्माताले १० वर्षभन्दा मुनिकालाई निःशुल्क रुपमा फिल्म देखाउने घोषणा गरेका छन् ।

१० वर्षमुनिकालाई टिकट निःशुल्क हुने भए पनि अभिभावकका लागि शुल्क लाग्नेछ । त्यस्तै, कुनै पनि बालिकाले चित्रा नाम भएको प्रमाण देखाउँदा ३ वटा टिकट सित्तैमा पाउने पनि अभिनेता तथा निर्माता सन्तोष अधिकारीले जानकारी दिए । फिल्म बाबु-छोरीको कथामा आधारित भएकाले यो घोषणा गरिएको उनको भनाई छ । यो घोषणा व्यापारिक रणनीति नभएको पनि उनले स्पष्ट पारे ।

 

chitra-poster


निर्माता अधिकारी भन्छन्, ‘हाम्रो फिल्म धेरै दर्शकले हेरुन् भन्ने उदेश्यसँगै नेपाली बालबालिकालाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र राम्रा नेपाली फिल्मको अभाव छैन भन्ने सन्देशका लागि यो गरेका हौं । फिल्मले उठाएको कथावस्तुका कारण हरेक आमा-बाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहना हाम्रो हो । म स्वयं पनि एक सन्तानको पिता भएकाले यस्तो निर्णय गरेको हुँ ।’

फिल्ममा सन्तोषसँगै अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्क्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अञ्जना बराइली, प्रकाश घिमिरे, बालकलाकार आयुशी ढकाल आदिको मुख्य भूमिका छ । आशिष थापा मगरको पनि निर्माण रहेको फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा लेखन रहेको छ । राजनराज सिवाकोटीको संगीत रहेको फिल्मका छायाँकार महेश पौडेल हुन् ।

Most Visited News (monthly)