गत वर्षको मंसिर १२ गते एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेत पिता बन्ने भएका छन् । मंगलबार पहिलो विवाह वर्षगाँठको अवसरमा केक काट्ने क्रममा ‘सलोमा’ जोडीले आमा-बुबा बन्न लागेको जानकारी गराएका हुन् । करिश्माले ‘कमिङ मे २०२४’ लेखिएको केकको भिडियो टिकटकमा साझेदार गर्दै आमा-बुबा बन्न लागेको खुसी साटेकी हुन् ।
भिडियोमा प्रेगनेन्सीको भिडियो एक्स-रेको रिपोर्ट पनि देखाइएको छ । र, करिश्माले लेखेकी छन्, ‘सुरुमा हामी एकअर्काको भयौं । अब तिमीलाई प्राप्त गर्दैछौं । हामीसँग सबथोक छ । सलोमा ।’ सलोमा भनेर उनले बच्चाको नामाकरण पनि गरिसकेको देखिन्छ । २०२४ को मेमा करिश्मा र सलोन आमा-बुबा बन्न लागेका हुन् । विवाह गर्नुअघि यो जोडी करिब तीन वर्ष प्रेम सम्बन्धमा थिए ।
गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘जय हो’पछि सलोन फुर्सदमा छन् । उनले अर्को फिल्मको छायांकन गरेका छैनन् । सहायक चरित्रमा उनको राम्रो डिमान्ड छ । बाल्यकालदेखि नै अभिनयमा सक्रिय रहेका उनले तीन दर्जनभन्दा फिल्ममा काम गरिसकेका छन् । अब उनले नयाँ ढंगले करिअर अगाडि बढाउन खोजिरहेको बताइन्छ । यसैले उनी अब हतारमा फिल्म गर्ने सोचमा छैनन् ।