मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिन्दी फिल्म ‘ऐरी’मा प्रदीपको सिकारी अवतार

फिल्मीखबर, काठमाडौं, 2023/11/28

PRADEEP KHADKA

 

फिल्म ‘प्रेमगीत ३’ हिन्दीमा स्वरांकन भएर भारतमा समेत प्रदर्शन भएपछि अभिनेता प्रदीप खड्का लागि बलिउड प्रवेशको ढोका खुलेको थियो । अब उनले हिन्दी भाषामा बन्न लागेको फिल्म ‘ऐरी’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । मंगलबार मोसन पोस्टर र टिजरमार्फत् यो फिल्मको घोषणा गरिएको हो । टिजरमा प्रदीपलाई ऐरी अर्थात् सिकारी अवतारमा प्रस्तुत गरिएको छ ।

शिरमा गुथेको फेटामा खुकुरी सिउरिएका उनी लामो कपालसहित चित्रित छन् । पृष्ठभूमिमा भने गर्जिएको बाघ छ, जसले प्रदीपको चरित्रबारे बयान गर्छ । टिजरको अन्तिममा उनी रिसाह मुद्रामा खुकुरी प्रहार गरेको अवस्थामा प्रस्तुत छन् । मल्टीमेटका सञ्चालक जीवन थापाको निर्देशनमा तयार हुन लागेको फिल्म हिन्दीसहित अंग्रेजी, तमिल र नेपाली भाषामा पनि निर्माण हुने जनाइएको छ ।

फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले संयुक्त रुपमा निर्माण गर्नेछन् । सुवास र प्रशान्त भारतीय निर्माता हुन् । सुवासले ‘प्रेमगीत ३’लाई हिन्दीमा डब गरेर भारतका हलमा प्रदर्शन गरेका थिए । त्यसबेलादेखि उनीसँग प्रदीपको राम्रो सम्बन्ध स्थापित भएको थियो । फिल्मको अधिकांश छायांकन नेपालमा गरिनेछ । प्रायः कलाकार र प्राविधिकहरु पनि नेपालकै रहनेछन् ।

फिल्मलाई अर्को वर्ष अर्थात् २०२४ मा रिलिजको तयारी गरिएको छ । छायांकन भने फागुनपछि सुरु गर्ने तयारीमा निर्माण टिम छ । प्रदीपको यो पहिलो बलिउड फिल्म हुनेछ । उनले नेपाली फिल्मलाई ‘ऐरी’मार्फत् बलिउड प्रवेशको एउटा सुनौलो मौका मिलेको बताएका छन् । अहिले भारतमै रहेका उनले फिल्ममा भारतका केही स्थापित कलाकारहरुलाई लिने तयारी भैरहेको पनि बताए ।