मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दुई कदम’को गीतमा वर्षा र इओनको डान्स

फिल्मीखबर, काठमाडौं, 2023/11/28

Barsha Siwakoti, Eon Limbu

 

यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुई कदम’को डान्सिङ शैलीको गीत सार्वजनिक गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता इओन लिम्बु र अभिनेत्री वर्षा सिवाकोटीले छरितो नृत्य प्रस्तुत गरेका छन् । क्लबमा खिचिएको गीतको अडियो तथा भिडियो आकर्षक छ । यो गीतले फिल्मको हाइप निर्माण गर्न ठूलो सहयोग गर्ने देखिन्छ ।

गीतमा आशिष अविरलको संगीत, निरुषा भट्टराईको शब्द रचना तथा आशिष र निरुषाको युगल स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले छायांकन गरेका हुन् । वर्षा फिल्मको यो गीतमा मात्र देखिनेछिन् । गीतका लागि मात्र निर्माण टिमले १३ लाखभन्दा बढी खर्च गरेको जानकारीमा छ । सामाजिक प्रेमकथामा बनेको फिल्मका निर्देशक उदय सुब्बा हुन् ।

यो फिल्ममा सिमोन गिरि, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्माको पनि अभिनय छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको ‘दुई कदम’लाई विक्रम डिसीले खिचेका हुन् ।

फिल्ममा आशिषसँगै ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, कविराजसँगै रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । निर्देशक सुब्बाले फिल्मले प्रेमकथालाई मुख्य विषय बनाएर सामाजिक कथा पनि उठान गरेको बताएका छन् ।