मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्वस्थ भएपछि अस्पताल भर्ना भए अनमोल

फिल्मीखबर, काठमाडौं, 2023/09/29

अभिनेता अनमोल केसी पक्राउ

 

शुक्रबार साँझपख साँगाबाट आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको नियन्त्रणमा रहेका उनलाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त छ । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा प्रहरीले अदालतको अनुमतिमा उनलाई पक्राउ गरेको हो ।

अनमोलमाथि एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोप छ । ‘रावायण’ टिमले उजुरीमा उक्त रकमबापतको क्षतिपूर्ति माग गरेको छ । उनले फिल्म गर्ने वाचा गरेपछि विभिन्न कुरामा उक्त रकम खर्च भएको निर्माण टिमको दाबी छ । उनलाई आइतबार अनुसन्धानका लागि म्याद लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारीमा प्रहरी छ ।