मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता अनमोल केसी पक्राउ

फिल्मीखबर, काठमाडौं, 2023/09/29

२७ वर्षका भए अनमोल

 

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई उपत्यका प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसो भक्तपुरबाट पक्राउ गरेको जानकारी प्राप्त छ । एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोपमा अदालतबाट अनुमति लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फिल्म ‘रावायण’मा काम गर्ने वाचा गरेर अन्तिम समयमा धोका दिएको भन्दै निर्देशक तथा निर्माता सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले असाेज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा प्रहरीले अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरेको हो । अहिले उनी मिनभवनस्थित प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

फिल्ममा काम गर्ने सर्तमा उनलाई निर्माण टिमले अग्रिम पारिश्रमिकस्वरुप १० लाख रुपैयाँ दिएको थियो । यसपछि अरु कलाकारसहित प्रि-प्रोडक्सनमा एक करोड १५ लाख खर्च भैसकेपछि अनमोलले काम गर्न अस्वीकार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि पटक-पटक छलफलका लागि बोलाउँदा समेत नआएपछि अदालतबाट अनमोलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

केही दिनअघि अनमोलले फेसबुकमा कुनै प्रकारको दबाब वा हतारको प्रभाव नपरी फिल्ममा काम गर्ने भन्दै स्टाटस लेखेका थिए । यो स्टाटस ‘रावायण’प्रति लक्षित थियो । निर्देशक थापा असोज १३ गतेबाट छायांकन सुरु गर्ने योजनामा थिए । तर, यसका लागि अनमोल तयार नभएपछि टिमभित्र विवाद सुरु भएको थियो । अन्ततः यो विवाद प्रहरीसम्म पुगेको छ ।

रोचक कुरा के छ भने अनमोलले ‘रावायण’ सम्झौता नगरी पहिलो चरणको पारिश्रमिकस्वरुप १० लाखको चेक बुझेका थिए । दुई पक्षबीच विश्वासको भरमा काम अगाडि बढेको थियो । फिल्ममा नीति शाह, शिल्पा मास्के, निकिता चाण्डकलगायतका कलाकार समेत अनुबन्ध भैसकेका छन् । तर, अन्तिम समयमा अनमोलले काम नगर्ने अडान लिएपछि फिल्मको निर्माण नै अन्योल भनेको छ भने निर्मातालाई ठूलो आर्थिक घाटा भएको छ ।