मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पशुपति प्रसाद २’ पोस्टरमा रिसाहा सौगात

फिल्मीखबर, काठमाडौं, 2023/09/29

saugat malla

 

दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ दशैंको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । ब्रान्ड नाम र बलियो स्टारकास्ट रहेकाले फिल्मको ओपनिङ उच्च हुने आँकलन गरिएको छ । करिब ७ वर्ष अगाडिको सुपरहिट फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलमा अभिनेता सौगात मल्लको चरित्रले ‘सरप्राइज’ बनाउन सक्ने चर्चा भैरहेको छ ।

यसबीच, शुक्रबार उनको ‘क्यारेक्टर लुक्स’ पोस्टर सार्वजनिक गरिएको छ । ‘एङ्ग्री लुक्स’मा प्रस्तुत भएका उनको टाउकोमा फेटा बाँधिएको छ । पोस्टरको पुच्छार र पृष्ठभूमिमा आगोको ज्वाला देखिन्छ । यसले सौगातको चरित्र रिसाहा रहेको बुझाउँछ । उनको ‘पशुपति प्रसाद’ श्रृंखलामा पहिलो इन्ट्री हो । सौगात मल्ल र विपिन कार्कीलाई एकसाथ पर्दामा हेर्न दर्शकलाई रोचक हुनेवाला छ ।

यो फिल्मको विदेशमा गजब क्रेज देखिएको छ । प्रदर्शनको तीन हप्ता अगावै धेरै देशहरुमा ‘शो टाइम’सहित बुकिङ खुलिसकेको छ । ट्रेलर समेत सार्वजनिक नहुँदै विदेशमा बुकिङ खुलेको नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक हो । यसले विदेशमा पनि फिल्मको ओपनिङ आक्रामक हुने देखाउँछ । घरेलू बक्स अफिसमा फिल्मको डेढ करोडमाथिको ओपनिङ प्रक्षेपण गरिएको छ ।

खगेन्द्र लामिछाने लेखन तथा निर्माण रहेको ‘भष्मे डन’मा सौगात र विपिनका साथै स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ भने खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भूमिकामा छन् । फिल्ममा निरज कँडेलको डिओपी तथा कृष्ण थापाको छायांकन छ ।