मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’को प्रचारमा वर्षाको डिभोर्स चर्चा

फिल्मीखबर, काठमाडौं, 2023/09/29

कलाकारको निजी जीवन हुँदैन भनिन्छ । सार्वजनिक व्यक्ति भएकाले हरेक कुरा सार्वजनिक हुन्छन् । अभिनेत्री वर्षा सिवाकोटीको पनि गत वर्ष विवाहको केही महिनामै डिभोर्सको खबर बाहिरियो, जुन अप्रत्यासित थियो । यसपछि उनी लामो समय सार्वजनिक कार्यक्रम र मिडियाबाट टाढा रहिन् । फिल्मको प्रचारमा समेत हिँड्न चाहिनन् । सायद डिभोर्सबारे आउनसक्ने प्रश्नको भय थियो ।

तर, कलाकार भएपछि सार्वजनिक जीवनबाट टाढा बस्न सम्भव हुँदैन । त्यसैले वर्षा पनि अगाडि आउन थालेकी छन् । उनको नयाँ फिल्म ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको काठमाडौं केन्द्रित प्रचार उनैले सम्हालिरहेकी छन् । तर, मिडियामा फिल्मको प्रचारभन्दा उनको डिभोर्सको बढी चर्चा भैरहेको छ । उनले पनि डिभोर्सबारे निर्धक्क कुरा राखिरहेकी छन् ।

 

Barsha Siwakoti


फिल्म रिलिजको समयमा कलाकारको निजी जीवनको चर्चा हुनु उचित मानिन्न । त्यसले फिल्मलाई नै छायाँमा पार्ने सम्भावना हुन्छ । तर, अझै पनि धेरै कलाकारलाई निजी जीवनको चर्चाले फिल्मको प्रचारमा फाइदा पुग्छ भन्ने ठूलो भ्रम छ । यो भ्रम वर्षामा कति छ, उनैलाई थाहा होला । तर, ‘परदेशी २’को प्रचारमा उनको डिभोर्सको चर्चा बढी हुनु मिडियाबाहेक अरु कसैलाई फाइदा छैन ।

त्यसो त ‘जसो-जसो पण्डित बाजे उसै-उसै स्वाहा’ भन्ने भनिन्छ । मिडियाले प्रश्न गरेपछि बोल्नुपर्ने बाध्यता कलाकारमा आइलाग्छ । अनि, फिल्मको प्रचार कम, निजी जीवनको चर्चा बढी हुन्छ । वर्षाको हकमा पनि यही भएको हुनसक्छ । तर, कुनै पनि विषयलाई कतिसम्म प्राथमिकता दिने भन्ने कुरा हो । वर्षाको डिभोर्स प्रशंगको चर्चाले ‘परदेशी २’को प्रचार नै ओझेलमा पार्ने खतरा देखिँदैछ ।