मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पशुपति प्रसाद २’मा अडिएको विपिनको आशा

फिल्मीखबर, काठमाडौं, 2023/09/26

bipin karki(14)

 

अभिनेता विपिन कार्कीको अभिनयमा खोट कमै भेटिन्छ । जस्तोसुकै चरित्रमा ढल्न सक्ने उनको खुबी छ । यसैले फिल्म डिजास्टर नै भए पनि उनको अभिनय सुपरहिट हुन्छ । अभिनयमा अब्बलताकै कारण उनी प्रायः मेकरहरुको रोजाईमा छन् । तर, फिल्मको सफलता भने उनका लागि ठूलो चुनौती बनिरहेको छ । गएको ५ महिनाको अवधिमा मात्र उनका दुईवटा फिल्म असफल भैसके ।

गत बैशाखमा प्रदर्शन भएको ‘प्रसाद २’ हिट फिल्मको सिक्वेल हुँदा पनि फ्लप हुन पुग्यो । यतिबेला हलमा प्रदर्शनरत उनको अर्को फिल्म ‘एक भागवत् र एक गीता’को अवस्था पनि नाजुक छ । यद्यपि, दुवै फिल्मबाट उनको अभिनयको प्रशंसा भएको थियो । यी दुई फिल्मको व्यापारिक नतिजाबाट हतासिएका उनको अब आशा र भरोसा भनेकै फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’प्रति छ ।

करिब ७ वर्ष अगाडि प्रदर्शनमा आएको ‘पशुपति प्रसाद’ विपिनको करिअरकै टनिङ पोइन्ट थियो । फिल्म त सफल भयो नै, उनले निभाएको भष्मे डनको चरित्र पनि हिट भएको थियो । यसपटक उनको त्यही चरित्रमा केन्द्रित भएर फिल्म बनेको छ । यसैले उनी यो फिल्मप्रति आशावादी छन् । पोस्टर, टिजर र गीतसंगीतले पाएको चर्चा हेर्दा फिल्म सफल हुनसक्ने सम्भावना बलियो देखिन्छ ।

‘पशुपति प्रसाद’मा भष्मे डन चरित्र हाउडे थियो । यसपटक रोमान्टिक अवतार पनि रहेको ‘प्रेम शरणम्’ र ‘दुई चुल्ठी बाटन’ गीतले संकेत गर्छ । ७ वर्षपछि भष्मे डनको जीवनमा आएको उतार-चढावमा फिल्म केन्द्रित रहेको जनाइएको छ । फिल्ममा विपिनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । फिल्ममा अभिनेता सौगात मल्लले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।