मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रिलिज वर्ल्ड’मार्फत् विश्वभरका ओटीटीमा नेपाली फिल्म रिलिज गरिने

फिल्मीखबर, काठमाडौं, 2023/09/25

विश्वका प्रतिष्ठित ओटीटी प्लेटफर्महरुमा अब नेपाली फिल्म रिलिज गरिने भएको छ । डिजिटल रिलिज अमेरिकन कम्पनी ‘रिलिज वर्ल्ड’ले एसियाका फिल्महरु ओटीटीमा रिलिज गर्ने बाटो खुल्ला गरेको हो । अबदेखि यो कम्पनीले नेटफ्लिक्स, वूट, अमेजन प्राइम भिडियो, जियो सिनेमा, डिज्नी प्लस हटस्टार, जी फाइभलगायतका प्रमुख ओटीटी प्लेटफर्महरुमा नेपाली फिल्म रिलिज गराउनेछ ।

एसिया हेर्ने कार्यालय भारतस्थित मुम्बईमा रहेको यो कम्पनीको तर्फबाट नमस्ते इन्टरटेन्मेन्टले नेपाली फिल्मलाई उक्त प्लेटफर्ममा रिलिज गराउने आधिकारिकता लिएको छ । नमस्ते कम्पनीका प्रमुख तथा फिल्म निर्देशक शिव घिमिरेले हलिउड र बलिउडजस्तै ओटीटीको माध्यमबाट नेपाली फिल्महरुलाई विश्वभर पुर्‍याउनका लागि ‘रिलिज वर्ल्ड’बाट आधिकारिकता लिएको जानकारी दिए ।

 

Shiva Ghimire


५५ बढी भाषामा नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा पुर्‍याउन नमस्ते इन्टरटेन्मेन्टले सघाउनेछ । निर्माताहरुले ‘रिलिज वर्ल्ड’को अनलाइन ‘अगइन’ गरेर आफूले चाहेको समयमा फिल्म रिलिज गर्न सक्ने र फिल्मको आम्दानी पनि ‘लगइन’ एकाउन्टबाट नै हेर्न सकिने नमस्ते इन्टरटेन्मेन्टका घिमिरेले बताए । यो प्लेटफर्म नेपाली निर्मातालाई आम्दानीको बलियो स्रोत बन्ने उनको विश्वास छ ।

निर्माताले फिल्मको राम्रो बजार पाउन नसकिरहेको अवस्थामा अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्दा २५ प्रतिशतसम्म व्यापार बढ्ने उनले बताए । घिमिरे भन्छन्, ‘युट्युबमा ५० लाख दर्शकले फिल्म हेर्दा पनि निर्माताको हातमा २० लाख पर्दैन । तर, त्यही दर्शकले ओटीटीमा फिल्म हेर्दा २७ देखि ३२ करोडको व्यापार हुन्छ । यो विषयमा नेपाली निर्माताले समयमै सोच्न जरुरी छ ।’