मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मौलिक कथामा काम गर्ने रहर ‘परदेशी २’ले पूरा गर्‍यो : केकी

फिल्मीखबर, काठमाडौं, 2023/09/25

keki adhikari and prakash saput (2)

 

यस वर्षका लागि अभिनेत्री केकी अधिकारीको तेस्रो फिल्म ‘परदेशी २’ दशैंको छेको पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मप्रति उनमा व्यावसायिक सफलताको ठूलो आशा देखिन्छ । यसैले प्रचारमा पनि राम्रै खटिएकी छन् । यतिबेला प्रचारको सिलसिलामा मोफसल यात्रामा रहेकी उनले यो फिल्मबाट मौलिक कथामा काम गर्ने रहर पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् ।

नेपालगञ्जमा पत्रकारहरुसँगको कुराकानीमा उनले भनिन्, ‘यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गर्‍यो । ‘परदेशी २’ हामी सबैको कथा समेटिएको फिल्म हो । त्यसैले पनि म उत्साहित छु । प्रकाश सपूतसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सर (निर्देशक)का यसअघिका फिल्महरु म दर्शक बनेर हेर्थेँ, अहिले कलाकार बनेर काम गर्ने अवसर पाउँदा खुसी छु ।’

‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यू गरेका गायक प्रकाश सपूत पहिलो फिल्म भएकाले उत्साहसँगै डर पनि रहेको बताउँछन् । त्यस्तै, निर्देशक नारायण रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । संसार घुमे पनि आफ्नो मातृभूमि, आमा-बुबा, साथीभाईलाई कहिल्यै भुल्नु हुँदैन भन्ने फिल्मको कथासार रहेको उनले स्पष्ट पारेका छन् ।

 

keki adhikari and prakash saput (1)


राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश र केकीका साथै नीर शाह, रमा थपलिया, दीलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ्ग, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीको पनि अभिनय छ । मानकृष्ण महर्जनको छायांकन र बि.बि अनुरागी तथा नारायण रायमाझीको संगीत रहेको फिल्ममा रमेश विजीको लेखन छ ।