मिति : २०८२ ज्येष्ठ १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सारुककी आमाको आग्रह- ‘पुलिसले फोन डिटेल्स प्रष्ट अगाडि ल्याओस्’

फिल्मीखबर, काठमाडौं, 2023/09/04

Rukmani Tamrakar

 

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको वास्तविकता अझै खुल्न सकेको छैन । उनको परिवार तथा फिल्मकर्मीहरुले आत्महत्या दुरुत्साहनको आशंका गर्दै गम्भीर अनुसन्धानको माग गरिरहेका छन् । प्रहरीले भने अनुसन्धान जारी रहेको दाबी गर्दै आएको छ । तर, सारुकको निधनको २ महिना हुन लाग्दा समेत प्रहरीले कुनै कदम नचालेको भन्दै चर्को आलोचना भैरहेको छ ।

यसैबीच, सारुककी आमा (रुकमणि ताम्राकार)ले फेसबुकमा स्टाटस लेख्दै छोराले गलत कदम लिनुको कारणबारे छानबिन गर्न र फोन डिटेल्स प्रष्ट रुपमा अगाडि ल्याउन प्रहरी प्रशासनसँग अनुरोध गरेकी छन् । छोरा गुमाएको ५२ दिनमा श्रीमान् पनि गुमाउँदा आफूमाथि ठूलो बज्रपात परेको उल्लेख गर्दै उनले छानबिन कहाँसम्म पुग्यो भन्नेबारे आफूले खबर नपाएको गुनासो गरेकी छन् ।

‘म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम सुटिङको बेलामा के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसँग गरियोस् र पुलिसले फोन डिटेल्स प्रष्ट अगाडि ल्याउनु हुन अनुरोध गर्दछु,’ रुकमणिले लेखेकी छन् । उनको स्टाटस नीता ढुंगाना, मलिना जोशी, बेनिशा हमाल, गरिमा शर्मा, अञ्जना बराइलीलगायतका कलाकारले सेअर गरेका छन् ।

 

rukmani tamrakar


गत असार २१ गते रातोपुलस्थित निजी निवासमा सारुक मृत अवस्थामा फेला परेका थिए । त्यसको ५२ दिनमा उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि निधन भएको थियो । सारुकको आत्महत्या प्रकरणमा केही व्यक्तिको नाम जोडिएको छ । र, ती पात्रसँग प्रहरीले सोधपुछ गरिसकेको अवस्था छ । निधनअघिसम्म सारुकले फिल्म ‘ह्यासट्याग माया’को सुटिङ गरिरहेका थिए ।